NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ: सम्पत्ति शुद्धीकरणमा सीआइबीको एक्सन

NM Khabar
NM Khabar
29 March 2026, 3:18 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले आइतबार बिहानमहाराजगन्जबाट उनलाई नियन्त्रणमा लिएको हो।

उच्च राजनीतिक नेतृत्वमाथि लगातार एक्सन भइरहेको समयमा पूर्वमन्त्री नै तानिएपछि सत्ता समीकरण र दलभित्र ठूलो हलचल मच्चिएको छ। सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर मुद्दामा अनुसन्धान अघि बढेकाले यसलाई राजनीतिक शक्ति सन्तुलनको दृष्टिकोणले समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

सीआइबीले लामो समयदेखिको निगरानी र प्रारम्भिक अनुसन्धानपछि मात्रै नेता खड्कालाई पक्राउ गरेको बुझिएको छ। अकुत सम्पत्ति आर्जन र त्यसको स्रोत लुकाएको आशंकामा उनीमाथि सूक्ष्म छानबिन भइरहेको थियो।

अब उनलाई अदालतमा उपस्थित गराएर म्याद थप गरी विस्तृत कानुनी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ। यो पक्राउसँगै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा अन्य उच्च पदस्थ व्यक्तिहरू पनि तानिन सक्ने सम्भावना बढेको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार