भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई आज रुपन्देही ल्याइएको हो। रोजगारीको प्रलोभन देखाएर उनीहरूलाई भारत पुर्याइएको थियो।
प्रहरी कार्यालय रुपन्देहीमा उनीहरूको विवरण सङ्कलन, स्क्रिनिङ र सोधपुछको काम भइरहेको छ।
