सरकारी सेवामा ३० वर्ष पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्नेछन्। बजेटमार्फत यो घोषणा गरिनेछ।
यो कदमले कर्मचारीतन्त्रमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ। यसबाट करिब १२ हजार कर्मचारीले अवकाश पाउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, सरकार गठनपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत हुने बजेटले यसको आधार तयार पारेको छ।
