NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सङ्खुवासभामा सुख्खा पहिरो: कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा खसेको सुख्खा पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध पारेको छ। पहिरोले करिब १५ मिटर कच्ची सडक पुरिएको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 9:33 am १ मिनेट पढाइ
आकार:
Share:

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सुख्खा पहिरो खस्दा उत्तर-दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोले करिब १५ मिटर कच्ची सडक पुरिएको छ।

पहिरोका कारण खाँदबारीबाट भोटखोलाको च्याम्ताङतर्फ जाने यातायात ठप्प भएका छन्। सडक खुलाउन प्रहरीले प्रयास गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार