भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपाली नागरिकको उद्धार गरिएको छ। प्रहरीले उनीहरूलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले गएराति कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।
हाल सुनौली नाका हुँदै उनीहरूलाई नेपालतर्फ ल्याइँदै गरेको रुपन्देही प्रहरीले Nmkhabarलाई पुष्टि गर्यो। प्रहरीका अनुसार विभिन्न प्रलोभन देखाएर नेपालबाट भारत पुर्याई उनीहरूलाई बन्धक बनाइएको थियो।
