NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तरीमा आगलागी: १२ घर नष्ट, २५ लाखको क्षति

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आगलागीबाट १२ घर जलेर नष्ट भएका छन्। स्थानीय बुचु खङ्गको घरबाट सुरु भएको आगोले पाँच परिवारका घरहरू पूर्ण रूपमा क्षति पुर्‍याएको छ। यस घटनामा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
Kamala Devi
Kamala Devi
9 June 2026, 4:48 pm १ मिनेट पढाइ
आकार:
Share:

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन्।

स्थानीय बुचु खङ्गको घरबाट सुरु भएको आगोले निजसहित पाँच परिवारका घरहरू पूर्ण रूपमा क्षति पुर्‍याएको छ। सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घरसमेत जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए।

आगलागीको कारण अझै खुलेको छैन। यस घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार