NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चैते धानमा किसानले समर्थन मूल्य नपाउँदा चिन्ता

चितवनका किसानले यस वर्ष लगाएको चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्। साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण पाठकका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले तोकिएको समर्थन मूल्य नपाएको हो।
Sunita Rai
Sunita Rai
10 June 2026, 11:18 am १ मिनेट पढाइ
आकार:
चैते धान समर्थन मूल्य
Share:

चितवनका किसानले यस वर्ष लगाएको चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्। साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण पाठकका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले तोकिएको समर्थन मूल्य नपाएको हो।

पूर्वी चितवनको खैरहनी नगरपालिकाका अधिकांश किसानले समर्थन मूल्य नपाउँदा दुःखी भएका छन्। भरतपुर महानगरपालिका २८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसान निराश भएको बताए।

जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो। पौडेलले समर्थन मूल्य नपाउँदा किसानलाई ठूलो मर्का परेको बताए।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको कारण किसानले मूल्य नपाएको बताए। यस वर्ष चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार