NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विपन्नलाई सरकारी र निजी अस्पतालमा १०% शैया र निःशुल्क उपचार

सरकारी र निजी अस्पतालले अब विपन्न नागरिकलाई १० प्रतिशत शैया छुट्याउनुपर्नेछ। स्वास्थ्य मन्त्रालयले 'लक्षित वर्ग उपचार पोर्टल कार्यविधि २०८३' कार्यान्वयनमा ल्याएसँगै यो व्यवस्था लागू भएको हो। यसरी छुट्याइएको शैयामा विपन्नलाई शैया, चिकित्सक परामर्श, शल्यक्रिया, परीक्षण र औषधीसहित सम्पूर्ण उपचार निःशुल्क गरिनेछ।
Sarita Pandey
Sarita Pandey
10 June 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
विपन्न नागरिक उपचार
Share:

सरकारी र निजी अस्पतालले अब विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘लक्षित वर्ग उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन ) कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएसँगै यो व्यवस्था लागू भएको हो।

नयाँ कार्यविधि अनुसार, अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा १० प्रतिशत शैया विपन्न वर्गको निःशुल्क उपचारका लागि अनिवार्य रूपमा छुट्याउनुपर्नेछ। यसरी छुट्याइएको शैयामा भर्ना हुने बिरामीलाई सशुल्क शैयामा उपचार गराइरहेका बिरामी सरह नै शैया, चिकित्सक परामर्श, शल्यक्रिया, परीक्षण र उपचारमा आवश्यक पर्ने औषधी लगायत कुनै पनि सेवामा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले बताए। मन्त्रालयले बुधबार यो कार्यविधि सार्वजनिक गरेको हो।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार