NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटमा ९० लाखको फर्सी बिउ बरामद, प्रहरी र स्थानीयबीच झडपमा ६ घाइते

रौतहटमा भारततर्फ अवैध रुपमा निकासी गर्न लागिएको ९० लाख १६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ बरामद भएको छ। बिउ बरामद गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरी र तीन स्थानीय घाइते भएका छन्।
Kamala Devi
Kamala Devi
11 June 2026, 7:47 am १ मिनेट पढाइ
आकार:
रौतहट फर्सी बिउ बरामद
Share:

रौतहटको बौधिमाई नगरपालिका-७ बाडा बंकुल टोलबाट प्रहरीले ९० लाख १६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको छ। भारततर्फ अवैध निकासी गर्न लागिएको ३२२ बोरा (१२ हजार ८८० किलो) बिउ बुधबार साँझ नियन्त्रणमा लिइएको हो।

त्रिपालले छोपेर राखिएको अवस्थामा बिउ फेला परेको थियो। सूचना पाएर खटिएको प्रहरी र सशस्त्रको टोलीले सामान बरामद गर्ने क्रममा स्थानीयवासीले अवरोध गरे।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। झडपमा तीन प्रहरी र तीन स्थानीय घाइते भएका छन्।

नियन्त्रणमा लिइएको फर्सीको बिउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार