NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लेखा समितिमा भन्सार पारदर्शिता र इभी कर छुटबारे छानबिनको माग

सार्वजनिक लेखा समितिमा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रिया, कर प्रणालीको पारदर्शिता र नीतिगत स्थिरतामा सुधारको विषयमा छलफल भएको छ। सांसदहरूले इभीमा दिइएको कर छुटबारे संसदीय छानबिनको समेत आवश्यकता औंल्याएका छन्।
Sunita Rai
Sunita Rai
11 June 2026, 2:19 pm १ मिनेट पढाइ
आकार:
भन्सार पारदर्शिता
Share:

विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रिया, कर प्रणालीको पारदर्शिता र नीतिगत स्थिरतामा सुधारको विषयमा सार्वजनिक लेखा समितिमा बिहीबार छलफल भएको छ। सांसदहरूले भन्सार मूल्याङ्कन प्रक्रिया पुनरवलोकनको आवश्यकता औंल्याए।

सांसद आरेन राईले इभी करसम्बन्धी व्यवस्थाबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताए। सांसद बुद्ध रत्न महर्जनले करको भार थोपरेर समृद्धि सम्भव नहुने धारणा राखे।

सांसद महेन्द्रबहादुर शाहीले व्यवसायमा पारदर्शिता महत्वपूर्ण हुने भन्दै भन्सार पूर्वाधार सुधारमा जोड दिए। सांसद यज्ञबहादुर बोगटीले भन्सार कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याए।

सांसद गणेशसिंह ठगुन्नाले इभीलाई दिइएको कर छुटबारे संसदीय छानबिन आवश्यक रहेको बताए। सांसद रुकेश रञ्जितले कर नीति व्यवसायमैत्री हुनुपर्ने धारणा राखे। सांसद विक्रम थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

सांसद गोविन्द पन्थीले भन्सार छली नियन्त्रणका लागि नियमित अनुगमन र बलियो संरचना आवश्यक रहेको उल्लेख गरे। सांसद मनिष झाले आयात-निर्यात वस्तुहरूको जाँच, कर निर्धारण तथा महसुल असुली व्यवस्थित हुनुपर्नेमा जोड दिए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार