NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुद्रण विभागमा सतर्कताको छड्के: २० कर्मचारी समयमा नआएको, पोशाक र आचरणमा कैफियत

राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंस्थित सरकारी मुद्रण विभागमा गरेको छड्के अनुगमनमा २० कर्मचारी नियमविपरीत कार्यमा संलग्न भेटिएका छन्। केन्द्रले निजामती सेवा ऐनअनुसार कारबाही गर्न निर्देशन दिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 June 2026, 5:17 pm १ मिनेट पढाइ
आकार:
मुद्रण विभाग सतर्कता
Share:

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी मुद्रण विभागमा गरेको छड्के अनुगमनमा २० कर्मचारीले नियम उल्लंघन गरेको पाइएको छ ।

केन्द्रको टोलीले विभाग पुग्दा २० कर्मचारी तोकिएको समयमा उपस्थित नभएको, कार्यालय पोशाक नलगाएको र निजामती सेवा ऐन, २०४९ विपरीत आचरण गरेको भेटेको थियो ।

सरकारी तथा सार्वजनिक निकायमा कर्मचारीको उपस्थिति र सेवा प्रवाह प्रभावकारी बनाउन सतर्कता केन्द्रले नियमित अनुगमन गर्छ ।

नियम उल्लंघन गर्ने ती २० कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्न केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार