NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फौजी किराले भोजपुरका मकै सखाप पारेपछि किसान चिन्तित

भोजपुरका किसान फौजी किराको आक्रमणले चिन्तित छन्। विशेषगरी बेँसी क्षेत्रका मकै बारीमा कीराको प्रकोपले बाली सखाप हुने अवस्था छ। किसानहरूले तत्काल क्षति नियन्त्रणका लागि सहयोगको माग गरेका छन्।
Kamala Devi
Kamala Devi
12 June 2026, 4:17 pm १ मिनेट पढाइ
आकार:
फौजी किराको आक्रमण
Share:

भोजपुरका बेँसी क्षेत्रमा फौजी किराले मकैबाली सखाप पारेको छ। पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईका अनुसार कीराले पात, डाठ र गाभा खाइदिँदा बाली नष्ट हुने अवस्थामा छ।

राईले भने, ‘पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन। त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्यो।’ खडेरीले बाली कमजोर भएको मौकामा कीराको प्रकोप बढेको उनको भनाइ छ।

किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइए ठूलो क्षति हुने भन्दै तत्काल सहयोगको माग गरेका छन्। पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन र परामर्श दिइरहेको बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार