NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काभ्रे बस दुर्घटना: ८ जनाको मृत्यु, १६ घाइते

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिका जाँदै गरेको बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
12 June 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
काभ्रे बस दुर्घटना
Share:

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस सडकबाट करिब दुई सय मिटर तल खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। Nmkhabarलाई प्राप्त जानकारी अनुसार बनेपाबाट रोशी गाउँपालिका जाँदै गरेको बा २ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो करिब २:१५ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या आठ पुगेको हो। ज्यान गुमाउनेमा चार महिला र चार पुरुष छन्। उनीहरूको परिचय अझै खुलेको छैन।

दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। Nmkhabarलाई प्राप्त जानकारी अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार