NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृहमन्त्रीको आश्वासनपछि सुजन विकले स्थगित गरे धर्ना

रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापरबाहीले श्रीमतीको मृत्यु भएको भन्दै सुजन विकले १ महिनादेखि धर्ना बसेका थिए। गृहमन्त्री सुदन गुरुङले निष्पक्ष छानबिन र कारबाहीको आश्वासन दिएपछि उनले धर्ना स्थगित गरेका छन्।
Maya Thapa
Maya Thapa
12 June 2026, 7:17 pm १ मिनेट पढाइ
आकार:
सुजन विक धर्ना
Share:

रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापरबाहीबाट श्रीमतीको मृत्यु भएको भन्दै एक महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका सुजन विकले धर्ना स्थगित गरेका छन्।

गत वैशाख १० गते प्रसूति गराउने क्रममा श्रीमती अस्मिता तामाङ विकको मृत्यु भएको थियो। अस्पतालले हालसम्म पनि मृत्युको कारणबारे कुनै पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै सुजन विक छोरासहित धर्नामा बसेका थिए।

बिहीबार गृहमन्त्री सुदन गुरुङलाई मन्त्रालयमै भेट्न गएका विकलाई गृहमन्त्रीले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिए। सोही आश्वासनपछि उनी माइतीघरबाट फर्किएका हुन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार