बर्दिबास । बर्दिबास नगरपालिका–१२, विजलपुराको डाँडाटोल शुक्रबार रातिदेखि तनावग्रस्त छ। शनिबार बिहान करिब १० बजे अवस्था थप नियन्त्रणबाहिर पुगेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले तोडफोड र अराजकता बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताए। उनले अहिले बिजलपुराको अवस्था तुलनात्मक रूपमा सामान्य भएको जानकारी दिए।
