NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

परराष्ट्रमन्त्री खनाल आज चीनको चार दिने भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुनेछ।
Bikram Magar
Bikram Magar
14 June 2026, 7:47 am १ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री चीन भ्रमण
Share:

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनालको यो भ्रमण हुन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको क्रममा खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

सो अवसरमा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार