NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पर्सामा सय किलो गाँजा बरामद, सिरहामा २१ किलोसहित एक पक्राउ

पर्साको जगरनाथपुरमा पाँच बोरा चामलमा लुकाइराखेको अवस्थामा एक सय किलो गाँजा बरामद भएको छ। यसैगरी सिरहाको सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
Kamala Devi
Kamala Devi
14 June 2026, 3:18 pm १ मिनेट पढाइ
आकार:
गाँजा बरामद पर्सा सिरहा
Share:

पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच बोरा चामलमा लुकाइराखेको अवस्थामा एक सय किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले यो बरामद गरेको हो।

यो गाँजा कसको हो र कसले कुन प्रयोजनका लागि राखेको थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसैगरी, सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित उमेशकुमार मगर पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो।

धनगढीमाई नगरपालिका–१४ का मगर मोटरसाइकलमा सवार थिए। खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार