NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्री अनुपस्थित भएपछि राजेन्द्र राईको विरोध, संसद बैठक स्थगित

• बजेटमाथिको छलफलमा मन्त्रीहरुको अनुपस्थितिले संसद बैठक प्रभावित भएको छ। • एमाले सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो। • सांसद राईले संसदीय परम्परा अनुसार मन्त्रीहरुको उपस्थितिमा जोड दिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
मन्त्री अनुपस्थित संसद
Share:

काठमाडौं। बजेटमाथिको छलफलमा मन्त्रीहरु उपस्थित नभएपछि एमाले सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाए। यस क्रममा प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भयो।

राईले संसदीय परम्परा अनुसार छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए। जनताका प्रश्नको जवाफ दिन मन्त्रीको उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।

‘मलाई त बाहिर पत्रकारले पनि प्रश्न गर्छन्। जनताले पनि गर्छन् मैले कसरी जान मिल्छ सभामुखज्यू। तपाइँ विधि बसाल्न आउनुभएको छ,’ राईले बैठकमा भने।

उनले आफूले कुरा राख्दा सम्बन्धित मन्त्री उपस्थित नभएको अवस्थामा जनताले प्रश्न गर्ने भएकाले आफू बोल्न नसकेको गुनासो गरे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार