NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जर्मनीले नेपाललाई तीन करोड ७६ लाख युरो प्राविधिक र वित्तीय सहयोग गर्ने

संघीय गणतन्त्र जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ। यो सहयोग ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहनेछ।
Bikram Magar
Bikram Magar
17 June 2026, 2:19 pm १ मिनेट पढाइ
आकार:
Share:

संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग प्राप्त हुनेछ।

मङ्गलबार काठमाडौँमा सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त सहयोग रकम प्रदान गर्ने घोषणा भएको हो। जर्मनीको राजदूतावासले जनाएअनुसार ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकतामा राखिनेछ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका धनीराम शर्माले गरेका थिए। जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय (बिएमजेड) की बार्बरा शेफरले गरेकी थिइन्।

यो सहायता रकम नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित कृषि विकास, राजस्व क्षेत्र सुधार, पूर्वाधार, लैङ्गिक समानता, दिगो आर्थिक विकास र वित्तीय पहुँच विस्तारमा उपयोग गरिनेछ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार