बर्दियाका उखु किसानले सरकारले घोषणा गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम हालसम्म नपाएपछि आन्दोलन सुरु गरेका छन्। समयमै अनुदान नपाएको र अन्य जिल्लाका किसानले सुविधा पाइसक्दा पनि आफूहरूलाई बेवास्ता गरिएको उनीहरूको गुनासो छ।
किसानहरूका अनुसार सरकारले उखुको मूल्य निर्धारण गर्दा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको थियो। उक्त रकम हालसम्म नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
बर्दिया उद्योग वाणिज्य सङ्घ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले कृषि मन्त्रालयका सचिवलाई उद्धृत गर्दै धान क्षेत्र भन्दै उखु खेतीमा रोक लगाइएको बताए।
उखु किसानहरूले प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई बुधबार ज्ञापनपत्र बुझाएका छन्।
