NM Khabar 16 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धादिङमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग ठप्प

धादिङको पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सयौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। पहिरो हटाउने कार्य तीव्र पारिएको छ।
Sanjay Karki
Sanjay Karki
16 July 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
पृथ्वी राजमार्ग पहिरो
Share:

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार साँझ करिब ६:२० बजे पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। पहिरोले काठमाडौं-पोखरा सडकखण्ड र अन्य गन्तव्यतर्फका सयौँ सवारीसाधन र यात्रुहरूलाई बीच बाटोमै अलपत्र पारेको छ। घटनालगत्तै प्रहरी टोली पहिरो पन्छाउन जुटेको छ। जेसिबी प्रयोग गरी सडक खुलाउने काम तीव्र पारिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार