NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको जवाफ दिँदै, कालो चस्मा प्रकरणको पनि छ चर्चा

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदैछन्। यो नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। यसअघि १७ जेठमा नेपाल-भारत सीमाबारेको उनको अभिव्यक्ति विवादित बनेको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 August 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्री बालेन संसद
Share:

प्रधानमन्त्री बालेन शाहले आज बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। यो उहाँको लागि नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ।

सभामुख डिपी अर्यालले १ भदौमा प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ।

११ जना सांसदले प्रधानमन्त्रीलाई सोध्न प्रश्न दर्ता गराएका छन्। रास्वपाका कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंहले प्रश्न सोध्नेछन्। कांग्रेसका वासना थापा र गीता गुरुङ, एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाकी खुस्बु ओलीले पनि प्रश्न गर्नेछन्।

यसअघि १७ जेठमा प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाफ दिन संसद् पुग्दा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादित बनेको थियो। त्यसपछि विपक्षी दलले उहाँलाई अभिव्यक्ति सच्याउन र नियमावली अनुसार जवाफ दिन माग गर्दै आएका थिए।

प्रधानमन्त्री शाहले चिकित्सकको सुझावअनुसार आँखामा कालो चस्मा लगाएर संसदमा आउनुपर्ने भन्दै संसद् सचिवालयमा पत्र पठाएका छन्। २२ साउनमा वीरेन्द्र सैनिक अस्पतालमा आँखा जाँच गराएका शाहले २६ साउनमा संसद् सचिवालयलाई चिकित्सकको सिफारिससहितको पत्र पठाएका थिए। सभामुख अर्यालले भने २० साउनको कार्यव्यवस्था बैठकमा कालो चस्मा लगाएर नआउन निर्देशन दिएका थिए।

आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ पनि पेश गर्ने कार्यसूची छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार