प्रसिद्ध लेखक आचार्य प्रशान्तले महिलाहरूलाई परम्परागत भूमिकामा मात्र सीमित राख्दा उनीहरूको जीवनको सार्थक सदुपयोग नभएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले समाजले महिलाहरूलाई घरको काम, विशेषगरी खाना पकाउने जस्ता कार्यहरूमा मात्र सीमित राखेको र यसले उनीहरूको क्षमताको पूर्ण उपयोग हुन नदिएको बताएका छन्।
आचार्य प्रशान्तले उदाहरण दिँदै भने, ‘आमाको जन्म पराठे बनाउनका लागि भएको हो। तिमी ज्ञान प्राप्त गर, धन कमाऊ, अमेरिकाको उडान गर र आमाको गौरव यो हो कि उनले तिम्रो लागि खीर-पुडी बनाऊन्। यही खानाको चक्करमा हामीले आमाहरूलाई बर्बाद गर्यौं।’ उनले महिलाहरूलाई उत्कृष्ट खाना बनाउने क्षमताका कारण जीवनभरि त्यही काममा लगाइँदा उनीहरूको समग्र विकास र क्षमताको अवमूल्यन भएको तर्क गरे।
उनले प्रश्न उठाए, ‘के यो नारी जीवनको सार्थक सदुपयोग भइरहेको छ?’ यो प्रश्नले समाजमा महिलाहरूको भूमिका र उनीहरूको क्षमताको प्रयोगबारे गम्भीर बहसको आवश्यकता औंल्याएको छ।
