NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ओखलढुङ्गामा विद्युत् सर्ट भएर दुई घर नष्ट, २६ लाखको क्षति

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् सर्ट भएर दुई घर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट कोटमाया कार्कीको घरमा करिब १२ लाख र बुहारी ज्ञानकुमारी कार्कीको घरमा करिब १४ लाख गरी कुल २६ लाख बराबरको क्षति भएको छ। आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।
Kamala Devi
Kamala Devi
26 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
ओखलढुङ्गा आगलागी
Share:

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् सर्ट भएर दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी सुरु भएको थियो।

आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

कोटमाया कार्कीको घरमा अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको छ। ज्ञानकुमारी कार्कीको घरमा अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार