सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका कुनै पनि विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रशासनले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलसँग सम्बन्धित कार्यक्रमहरू गरिरहेको भनी व्यापक गुनासो आएको जनाएको छ। पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालयजस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले सचेत गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी गरिएको सूचनामा राजनीतिक दलका आन्तरिक कार्यक्रमहरू चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेलाजस्ता गतिविधि विद्यालयमा नगर्न र नगराउन जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरिएको छ। साथै, विद्यालय परिसरभित्र यस्ता राजनीतिक गतिविधि हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारहरूलाई समेत प्रशासनले आग्रह गरेको छ।
विद्यालय हाताभित्र राजनीतिक गतिविधि रोक्न सुनसरी प्रशासनको निर्देशन
सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका कुनै पनि विद्यालय हाताभित्र राजनीतिक दलका गतिविधि तथा कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ। पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने विद्यालयजस्ता संवेदनशील क्षेत्रमा दलगत कार्यक्रमहरू नगर्न प्रशासनले सचेत गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी सूचनामा दलका आन्तरिक कार्यक्रमहरू विद्यालयमा नगर्न आग्रह गरिएको छ।
Laxmi Bhattarai
20 September 2026, 4:02 pm
१ मिनेट पढाइ
आकार:
Laxmi Bhattarai
संवाददाता · NM Khabar
संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।
