NM Khabar 22 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तरीमा दुई सुत्केरीको मृत्यु: धर्मेश्वर अस्पतालमाथि छानबिनको माग

सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेको धर्मेश्वर हस्पिटल प्रालिमा शल्यक्रियापछि दुई सुत्केरीको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले घटनाको छानबिन गर्न मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ।
Kamala Devi
Kamala Devi
21 September 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
धर्मेश्वर अस्पताल सप्तरी
Share:

सप्तरी । कञ्चनरूप नगरपालिका १२ ठेलियास्थित धर्मेश्वर हस्पिटल प्रालिमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले घटनाको छानबिन गर्न मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार मन्त्रालयलाई पत्र पठाउँदै दुवै महिलाको मृत्युको कारण, अस्पतालको उपचार प्रक्रियामा कुनै कमीकमजोरी भए नभएको तथा शल्यक्रियालगायत जटिल प्रकृतिका उपचार सेवा सञ्चालनमा अस्पतालको क्षमताको बारेमा तत्काल छानबिन गर्न आग्रह गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार