काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। बस्ती हटाउने अभियान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रात नपरेसम्म भत्काउने काम जारी रहनेछ। यदि आजै यो अभियान सम्पन्न हुन नसकेमा बाँकी काम भोलि पुनः सुरु गरिनेछ। आज बिहानैदेखि राजधानीको थापाथली, गैरीगाउँ सिनामंगल क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाइएको हो।
