NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वाग्मती प्रदेशमा आज तेस्रो प्रदेश भाषा दिवस: प्रदेशभर सार्वजनिक बिदा

वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिइएको छ । २०८१ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 May 2026, 6:31 am १ मिनेट पढाइ
आकार:
Share:

वाग्मती प्रदेश सरकारले आज (वैशाख २४ गते) तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा समेत दिइएको छ ।

प्रदेश भाषा दिवसको पृष्ठभूमि

वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार यो दिवस मनाउन थालिएको हो ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको १८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको १८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको थियो ।

कार्यक्रमको तयारी

यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको वाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए । दिवसको अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र–दत्तात्रेय–कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म ¥याली आयोजना गरियो । ¥यालीपछि विशेष कार्यक्रम गरिने पर्यटन कार्यालय, काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बताए ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार