NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी र गण्डकीका मुख्यमन्त्रीबीच पोखरा–विराटनगर हवाई सेवा र पर्यटन सहकार्यबारे छलफल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच विराटनगरमा भेटवार्ता भएको छ। भेटमा दुई प्रदेशबीच पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिका लागि सम्भावित सहकार्यका विषयमा छलफल भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 May 2026, 7:34 pm १ मिनेट पढाइ
आकार:
Share:

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच आज विराटनगरमा भेटवार्ता भएको छ। दुई प्रदेशबीच पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिका लागि सम्भावित सहकार्यका विषयमा छलफल केन्द्रित थियो।

भेटका क्रममा विराटनगरबाट पोखराका लागि हवाई सेवा सञ्चालन गर्ने विषयले प्राथमिकता पाएको छ। यसका साथै, पोखरा आउने पर्यटकलाई कोशी प्रदेशमा माउन्टेन फ्लाइटमार्फत हिमालको दृश्यावलोकन गराउने जस्ता पर्यटन पूर्वाधार र प्रवर्द्धनका योजनामा पनि दुई मुख्यमन्त्रीबीच कुराकानी भएको छ। दुवै प्रदेश पर्यटनका लागि महत्त्वपूर्ण रहेको र यस क्षेत्रमा जोड दिन सके आर्थिक समृद्ध हासिल गर्न सकिनेमा मुख्यमन्त्रीहरूले विश्वास व्यक्त गरेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे आज व्यक्तिगत भ्रमणका सिलसिलामा विराटनगर आएको कोशी प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीले जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार