NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि बजेट सुनिश्चित

अर्थ मन्त्रालयले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको विस्तृत अध्ययनका लागि ३२ करोड ३७ लाख ९२ हजार रुपैयाँको स्रोत सुनिश्चित गरेको छ। राष्ट्रिय योजना आयोगको सिफारिसमा यो बजेट ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ का लागि विनियोजन गरिएको हो। चालु आर्थिक वर्षभित्रै असार महिनाभित्र सम्भाव्यता अध्ययन सुरु गर्ने लक्ष्य छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
14 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

अर्थ मन्त्रालयले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको विस्तृत अध्ययनका लागि ३२ करोड ३७ लाख ९२ हजार रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।

राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाअन्तर्गत मेट्रो रेल सञ्चालनको विस्तृत अध्ययन तथा सम्भाव्यता अध्ययनका लागि यो सहमति प्रदान गरेको हो।

यो बजेट ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ का लागि विनियोजन गरिएको छ।

यो स्रोत सुनिश्चिततापछि चालु आर्थिक वर्षभित्रै असार महिनाभित्र सम्भाव्यता अध्ययन सुरु गर्ने लक्ष्य छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार