पश्चिमी वायुको प्रभावले आज कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, बागमती, गण्डकीका हिमाली र पहाडी भू–भागमा बादल लागेको छ। बाँकी भू–भागमा आंशिक बादल लागेको छ।
बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
