NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अपाङ्गता भएका व्यक्तिका लागि सहज जीवनको माग: कोशी प्रदेश सरकारलाई ३७ बुँदे ज्ञापनपत्र

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न कोशी प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।
Maya Thapa
Maya Thapa
8 May 2026, 5:38 pm १ मिनेट पढाइ
आकार:
Share:

आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले कोशी प्रदेश सरकारसँग माग गरेको छ। महासंघले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।

महासंघले बुझाएको ज्ञापनपत्रमा सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, स्रोत कक्षा, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने माग राखिएको छ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने बताएका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

Nmkhabar की समाज तथा मानवीय रुचिकी फिचर लेखिका। सामुदायिक कथा, महिला र बालबालिकाका विषयमा गहन र संवेदनशील रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार