प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता, ११ गते पेशी
प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश दुई दिनपछि कार्यान्वयन भएको हो। अधिवक्ता प्रेमराज सिलवालको निवेदनमा जेठ ११ गते पेशी तोकिएको छ।
