NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सीमा सुरक्षामा सेना तैनाथ गरिनुपर्ने सांसद साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले सीमा सुरक्षाका लागि नेपाली सेनालाई तैनाथ गर्न माग गरेका छन्। उनले सीमामा सेना नपठाउनुको कारणबारे सरकारसँग जवाफ मागेका छन्। साम्पाङले खुला सीमा र भारतीय सुरक्षा बलबाट नेपाली नागरिक हेपिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 June 2026, 12:47 pm १ मिनेट पढाइ
आकार:
सीमा सुरक्षा सेना
Share:

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले सीमा रक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सीमा क्षेत्रमा तैनाथ गरिनुपर्ने माग गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले सरकारले सीमामा सेना पठाउन नमिल्ने गरी कतै गोप्य सम्झौता गरेको छैन भन्दै प्रश्न उठाए। ‘हाम्रो नेपाली सेना सीमामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमामा अवलोकन गर्न पनि पठाउन नमिल्ने खालको के कस्तो करार गरेको छ, त्यो करारपत्र वा सन्धि संसद्‍मा देखाइयोस्,’ उनले भने।

उनले खुला सीमाका कारण नेपालको भूमि ५०औँ, १००औँ वर्षदेखि मिचिँदै आएको भन्दै सीमामा सुरक्षा फौज तैनाथ नगरेसम्म यो समस्या समाधान नहुने दाबी गरे। भूगोल र माटो बिनाको देश सम्भव नहुने भएकाले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको तर्क थियो।

साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) बाट नेपाली नागरिक हेपिँदा समेत सरकार मूकदर्शक बनेको भन्दै आक्रोश पोखे। प्रधानमन्त्री नआए रक्षामन्त्रीलाई बोलाइदिन उनले सरकारको ध्यानाकर्षण गराए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार