NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धादिङमा माइक्रो र कार ठोक्किए, ७ घाइते

धादिङको गल्छी बजारमा पर्यटक माइक्रो र कार ठोक्किएर ७ जना घाइते भएका छन्। घाइतेहरूको बैरेनी र गल्छीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ। प्रहरीले दुवै सवारी साधन र माइक्रो चालक नियन्त्रणमा लिएको छ।
Sanjay Karki
Sanjay Karki
9 June 2026, 4:18 pm १ मिनेट पढाइ
आकार:
धादिङ दुर्घटना
Share:

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी बजारमा पर्यटक माइक्रो र कार ठोक्किएर सात जना घाइते भएका छन्।

मंगलबार दिउँसो १२:४० बजे काठमाडौंबाट चितवन जाँदै गरेको ग १ प २०७ नम्बरको माइक्रो र विपरीत दिशाबाट आएको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार ठोक्किएका हुन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

घाइतेहरूको बैरेनी अस्पताल र गल्छीस्थित स्मारिका मेडिकल हलमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

कारमा सवार काठमाडौं बुढानिलकण्ठ–१० का ५७ वर्षीय टोप बहादुर कार्की, ५४ वर्षीया लक्ष्मी कार्की, काठमाडौं–७ की २८ वर्षीया रुस्मिता थापा र ५४ वर्षीया मिना बुढाथोकी घाइते भएका छन्।

कार चालक काठमाडौं–७ का ६० वर्षीय लोक बहादुर बुढाथोकी पनि घाइते सूचीमा छन्।

माइक्रोमा सवार चितवन भरतपुर–११ का ५७ वर्षीय लेख बहादुर गुरुङ र धादिङ थाक्रे–२ की १७ वर्षीया दिपिका रिजाल घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र माइक्रो चालकलाई नियन्त्रणमा लिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार