NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धुलिखेल अस्पतालमा कर्मचारी कुटिए: सुत्केरी र शिशुको मृत्युपछि आफन्तद्वारा आक्रमण

धुलिखेल अस्पतालमा उपचारका क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएको छ। चिकित्सकको लापरवाहीको आरोप लगाउँदै बिरामीका आफन्तले कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि कुटपिट गरेका छन्। घाइते कर्मचारीको अस्पतालमै उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
धुलिखेल अस्पताल कर्मचारी कुटाई
Share:

धुलिखेल अस्पतालमा एक कर्मचारीमाथि निर्घात कुटपिट भएको छ। आईसीयूमा उपचाररत सुत्केरी महिला र शिशुको मृत्यु भएपछि बिरामीका आफन्तले कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि आक्रमण गरेका हुन्।

चिकित्सकको लापरवाहीले बेथानचोक गाउँपालिका–१ की सुत्केरी महिला र शिशुको ज्यान गएको पीडित पक्षको आरोप छ। घाइते श्रेष्ठको अस्पतालमै उपचार भइरहेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

घटनापछि अस्पताल परिसर तनावग्रस्त छ। थप विवरण आउन बाँकी छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार