प्रहरीले देशभर लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरिएको हो।
उनीहरूका साथबाट लागूऔषध अफिम, खैरो हेरोइन र गाँजा बरामद गरिएको छ। चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेनजस्ता औषधि पनि बरामद भएका छन्।
