NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

औषधि व्यवस्था विभागद्वारा ५ हजार बढी औषधि पसलको लाइसेन्स खारेज

औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका ५ हजार ३०२ औषधि पसलका प्रमाणपत्र खारेज गरेको छ। औषधि ऐन, २०३५ अनुसार नवीकरण नभएका प्रमाणपत्र स्वतः खारेज हुने व्यवस्था छ। विभागले सञ्चालकहरूलाई कानुन पालना गर्न अनुरोध गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 June 2026, 12:49 pm १ मिनेट पढाइ
आकार:
औषधि पसल नवीकरण
Share:

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका ५ हजार ३०२ औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ।

विभागले मंगलबार सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो। विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार कारबाही गरेको छ।

ऐनको दफा ११ को उपदफा (५) अनुसार, तोकिएको अवधिभित्र नवीकरण नभएका अनुमतिपत्र स्वतः खारेज हुन्छन्।

विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलका दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जानकारी सरोकारवालालाई गराउन सूचना प्रकाशित गरेको हो।

सूचनामा सञ्चालकहरूलाई प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र कानुन पालना गर्न अनुरोध गरिएको छ।

विभागले २०८३ जेठ २९ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः खारेज भएका पसलहरूको सूची सूचनासँगै संलग्न गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार