शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोड बजेट विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २१८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।
रासायनिक मल खरिदका लागि हालसम्मकै उच्च ३२ अर्ब ४६ करोड
रासायनिक मल खरिदका लागि हालसम्मकै उच्च रकम ३२ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ। यो रकमले कृषि उत्पादन वृद्धि र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने अपेक्षा छ। चालु आर्थिक वर्षमा मलका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरूलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने घोषणा गरेका छन्। खेलाडीहरूको योगदानको सम्मान र उनीहरूको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले यो नीति सार्वजनिक गरिएको हो।
