NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एल निनोको प्रभावले मनसुन आगमन ढिलाे, कमजोर हुने सम्भावना

यस वर्ष नेपालमा मनसुन आगमनमा ढिलाइ हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको प्रभावले मनसुन कमजोर हुने सम्भावना छ । हाल पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।
Sarita Pandey
Sarita Pandey
15 June 2026, 6:17 pm १ मिनेट पढाइ
आकार:
मनसुन आगमन ढिला
Share:

प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’को प्रभावले यस वर्ष नेपालको मनसुन आगमनमा ढिलाइ हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको छ । सामान्यतया जुन १३ मा आइपुग्ने मनसुन यस वर्ष हालसम्म सक्रिय भएको छैन ।

भू-उपग्रह तथ्यांक र गणितीय मौसम पूर्वानुमान विश्लेषणले मनसुन ढिलाइ हुने सम्भावना देखाएको विभागकी प्रवक्ता विभूति पोखेलले बताइन् । ‘एल निनो’ अझ बलियो बन्दै गए यस वर्षको मनसुन कमजोर हुन सक्ने सम्भावना छ । विगतका वर्षहरूमा पनि ‘एल निनो’कै कारण मनसुन आगमन ढिलो भएको तथ्यांक छ ।

यद्यपि, हाल पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ । विभागले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार