NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याद गुज्रिएका मैदा र मस्यौरा बेच्ने आरआरआर सहित ५ फर्मलाई ७ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा कैफियत भेटिएका ५ फर्मलाई ७ लाख १६ हजार जरिवाना गरेको छ। आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिलाई म्याद गुज्रिएका मैदा र मस्यौरा बेचेकोमा २.५ लाख जरिवाना गरिएको छ।
Sunita Rai
Sunita Rai
15 June 2026, 6:48 pm १ मिनेट पढाइ
आकार:
Share:

म्याद गुज्रिएका मैदा र मस्यौरा बेच्ने आरआरआर सहित ५ फर्मलाई ७ लाख १६ हजार जरिवाना

कागेश्वरी मनोहरास्थित आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिले म्याद गुज्रिएका मैदा र मस्यौरा बेचेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवानामा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत फेला पारेपछि उक्त फर्मलाई कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लंघन गरी म्याद नाघेका वस्तु बिक्री गरेको, मूल्यसूची तथा लेबल नराखेको र खरिद बिल व्यवस्थित नगरेको पाइएपछि विभागले अनुगमनस्थलमै नगद जरिवाना असुल गरेको हो ।

यस्तै, शंखरापुरको सलम्बु फुड एन्ड बेभरेज प्रालिलाई पानीमा मूल्य र लेबल नराखेकोमा २ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको छ । कागेश्वरी मनोहराकै श्री कृष्ण बेभरेजलाई सोही कसुरमा २ लाख १ हजार जरिवाना तिराइएको छ ।

ललितपुर सातदोबाटोको एप्पल इन्टरप्राइजेज प्रालिले लेबल नियम पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना पाएको छ । कोटेश्वरको शिवम् स्टोरले खरिद बिल नराखेको पाइएपछि ५ हजार रुपैयाँ जरिवानामा परेको छ ।

नगद जरिबाना बाहेक विभागले अन्य ८ व्यावसायिक प्रतिष्ठानलाई सचेत गराउँदै सामान्य निर्देशन दिएको छ ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार