NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

किसानलाई मलको अभाव: रास्वपा सांसद खनालले सरकारको ध्यानाकर्षण गराइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले बुधबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मलको अभावबारे सरकारको ध्यानाकर्षण गराइन्। उनले मल उपलब्ध नहुँदा उत्पादनमा कमी, लागत वृद्धि र खाद्य सुरक्षामा असर पर्ने भन्दै तत्काल आपूर्तिको माग गरिन्। सांसद खनालले रासायनिक मल वितरणलाई पारदर्शी बनाउनसमेत सरकारलाई सचेत गराइन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 June 2026, 4:20 pm १ मिनेट पढाइ
आकार:
किसानलाई मल
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मल अभावले किसानले व्यहोर्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन्।

सांसद खनालले मलको अभावले उत्पादनमा कमी आउने, किसानको लागत बढ्ने र खाद्य सुरक्षामा असर पर्ने अवस्था सृजना भएको बताइन्। उनले सभामुखमार्फत गोरखा जिल्ला लगायत सबै स्थानमा मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरिन्।

खेतीको महत्वपूर्ण समयमा किसानले मल अभाव व्यहोर्दा पनि सरकारले समस्या समाधानमा चासो नदिएको उनको गुनासो थियो। उनले रासायनिक मल वितरण प्रक्रिया पारदर्शी बनाउन सरकारलाई सचेत गराइन्।

“किसानहरू खेतीपातीको महत्वपूर्ण समयमा रासायनिक मलको अभावले छटपटाइरहेका छन्। उहाँहरूको समस्या कसले बुझिदिने?” उनले प्रश्न गरिन्। नेपालमा ६० देखि ९१ प्रतिशत श्रम शक्ति कृषि क्षेत्रमा रहेको तथ्यांक प्रस्तुत गर्दै उनले धान रोपाईंको मुख्य समयमा किसानले मल नपाउनु दुखद भएको बताइन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार