अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा बोकेर मन्त्रिपरिषद् बैठकमा पेश गरेका छन्। अर्थ मन्त्रालयबाट बजेटको फाइल बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लागेका वाग्लेले विगतको परम्परालाई तोडेका हुन्।
यसअघि बजेट प्रस्तुतिका लागि ब्रीफकेसमा फाइल बोक्ने परम्परा थियो। यसपटक भने नेपाली कागजको फाइलमा बजेट ल्याइएको छ।
मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने कार्यक्रम रहेको छ।
