NM Khabar 1 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान

हालैको बाढीले देशको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको प्रारम्भिक क्षति पुर्याएको छ। सडक विभागका अनुसार पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान छ। रसुवा र पृथ्वी राजमार्गमा सबैभन्दा बढी क्षति पुगेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
1 September 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
सडक पूर्वाधारमा बाढीको क्षति
Share:

हालैको भीषण बाढीले देशको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुर्याएको छ। सडक विभागले पुनर्निर्माणका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अकल्पनीय रहेको बताए। उनले रसुवागढी क्षेत्रमा आएको बाढीको स्वरूप प्राविधिक रूपमा सोचेभन्दा निकै भयानक रहेको र यसको गति ५२ मिटर प्रति सेकेन्ड रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डले परिकल्पना नगरेको ‘डेब्री फ्लो’ (लेदो र ढुङ्गासहितको बहाव) का कारण गल्छी–बेत्रावती–रसुवागढी सडकको ४० किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त भएको छ।

पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ बाटो निकाल्न कम्तीमा दुई हप्ता लाग्नेछ। स्याफ्रुबेँसी–केरुङ सडकलाई पुनः जोड्नका लागि ‘लुप’ डिजाइनमा लैजाने योजना छ।

क्षतिग्रस्त ३५ वटा पुलहरूको तत्काल पुनर्निर्माणका लागि भारत र चीनबाट बेलिब्रिज मगाइँदैछ। देवीघाट, त्रिशूली र बेत्रावतीमा विभागकै मौज्दातमा रहेका बेलिब्रिज जडान सुरु भइसकेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल काम सुरु गर्न सडक बोर्डले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। दसैँको मुखमा ग्यास बुलेट र इन्धनको आपूर्ति सहज बनाउन विभागले रात्रिकालीन समयमा वैकल्पिक मार्गहरूमा ‘ट्राफिक म्यानेजमेन्ट’ गरिरहेको छ।

देशभरका मुख्य राजमार्गहरूमा लेदो जमेका कारण सफा गर्न र पहिरो पन्छाउन हाल १५ वटाभन्दा बढी हेभी इक्विपमेन्ट र ५० जनाभन्दा बढी प्राविधिक फिल्डमा खटिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार