परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गर्दैछन्। परराष्ट्र मन्त्रालयले जेठ २९ गते शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, यो भ्रमण चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको हो।
भ्रमणका क्रममा खनालले बेइजिङमा विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने र सहयोग विस्तारका विषयमा छलफल हुनेछ।
खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने विदेशी लगानी प्रवर्द्धन सम्मेलनमा मन्त्री खनालले भाग लिनेछन्। उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन्।
असार ३ गते मन्त्री खनाल काठमाडौं फर्कने कार्यक्रम छ।
