NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान: द्विपक्षीय वार्ता र लगानी सम्मेलनमा सहभागिता

परराष्ट्रमन्त्री शिशिर खनाल चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसका साथै उनले लगानी सम्मेलनमा सहभागी भई चिनियाँ उद्यमी व्यवसायीहरूसँग छलफल गर्नेछन्।
Bikram Magar
Bikram Magar
14 June 2026, 11:18 am १ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री चीन भ्रमण
Share:

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले चीनमा रहँदा आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने र आपसी सहकार्यलाई अझ सबल पार्ने विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। उनले चीनका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

यस भ्रमणको एक प्रमुख उद्देश्य मुलुकमा वैदेशिक लगानी भित्र्याउनु हो। मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई चिनियाँ उद्यमी व्यवसायीहरूसँग छलफल गर्नेछन्।

दूतावासले परराष्ट्रमन्त्री खनालको सम्मानमा एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा मन्त्रीले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने तालिका छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार