NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जुम्ला वडाध्यक्ष जबरजस्ती करणी आरोपमा पक्राउ, ५ दिन हिरासतमा

जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
Sanjay Karki
Sanjay Karki
7 May 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
वडाध्यक्ष पक्राउ, जुम्ला
Share:

जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ। एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार राति उजुरी दर्ता गरेकी थिइन्।

जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको बताए। उनले घटनासम्बन्धी तथ्य, प्रमाण र पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले अनुसन्धान निष्पक्ष ढंगले अघि बढाइने र आरोप पुष्टि भए कानुनअनुसार कारबाही हुने जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार