अर्थ मन्त्रालयले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको विस्तृत अध्ययनका लागि ३२ करोड ३७ लाख ९२ हजार रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।
राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाअन्तर्गत मेट्रो रेल सञ्चालनको विस्तृत अध्ययन तथा सम्भाव्यता अध्ययनका लागि यो सहमति प्रदान गरेको हो।
यो बजेट ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ का लागि विनियोजन गरिएको छ।
यो स्रोत सुनिश्चिततापछि चालु आर्थिक वर्षभित्रै असार महिनाभित्र सम्भाव्यता अध्ययन सुरु गर्ने लक्ष्य छ।
