कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि करिब ४० अर्ब रुपैयाँको बजेट मन्त्रिपरिषद्बाट पारित गरेको छ। यो बजेट आज अपराह्न ४ बजे प्रदेशसभामा प्रस्तुत गरिनेछ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन्। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको जानकारी दिए।
