NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड: १३% ले घट्यो

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम छ। बजेटले उत्पादन, पूर्वाधार, कृषि, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ।
Kamala Devi
Kamala Devi
15 June 2026, 4:47 pm १ मिनेट पढाइ
आकार:
मधेश प्रदेश बजेट
Share:

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट गत आर्थिक वर्ष २०८२/८३ को ४६ अर्ब ५८ करोडको तुलनामा करिब १३ प्रतिशतले घटेको छ।

प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै बजेट घोषणा गरेका हुन्। सरकारले स्रोतको सीमितता र खर्च व्यवस्थापनलाई ध्यानमा राखी बजेटको आकार घटाएको जनाएको छ।

कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड (३५.६४%) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड (६४.३६%) विनियोजन गरिएको छ। प्रदेश सरकारले विकास निर्माण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख र गत आवको नगद मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख परिचालन गरिनेछ।

सरकारले आगामी बजेटमार्फत उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। यसबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार